कमोडिटिज एक्सचेन्जको लागि दुई कम्पनीले बोर्डमा दिए आवेदन

१० बैशाख २०८०, आईतवार १५:४७

काठमाडौं । कमोडिटिज एक्सचेन्जको लागि दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार ,मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दिएको हो।

बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेञ्ज सञ्चालन अनुमतिको लागि आवेदन माग गरेको हो ।आज आइतबार स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लागि निवेदन दिने अन्तिम दिन हो ।

अन्तिम दिन पारेर नेसनल स्टक एक्सचेन्जले निवेदन दिएको छ भने यसअघि शुक्रबार हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*