सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

११ बैशाख २०८०, सोमबार १०:३८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बेच्न निवेदन दिएका हुन् ।

सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ । इच्छुकले आगामी ३५ दिनमा निवेदन बुझाउन सक्नेछन् । के कति कित्ता कति मूल्यमा किन्ने व्यहोरासहित निवेदन दिन बैंकले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १५७ रुपैयाँ प्रति कित्ताका दरले किनबेच भएको थियो ।

तोकिएको म्यादसम्म निवेदन नआए बैंकले सर्वसाधारण तथा कुनै पनि इच्छुक संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*