शाखा स्थानान्तरणका लागि घर बहालमा खोज्दै सिन्धु विकास बैंक
११ बैशाख २०८०, सोमबार १०:४५

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्नका लागि घर बहालमा खोजेको छ । बैंकले काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका वडा नं. ७, सोही स्थानको भुकुण्डे बजार स्थित रहेको भुकुण्डे शाखालाई स्थानान्त्रण गर्न लागेको हो ।
सो का लागि बैंकले घरबहालमा लिन लागेको हो । बैंकले घर तथा फ्ल्याट भाडामा दिन इच्छुक घरधनीलाई विभिन्न तोकिएको शर्तहरु पुरा गरी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । बैंकले सो शाखा स्थानान्तरणका लागि ९ बुँदे शर्तहरु राखेको छ ।












