एभरेष्ट बैंकको संचालक हेरफेर
११ बैशाख २०८०, सोमबार १२:०६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समूहतर्फबाट श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।
यसअघि सो पदमा रहेका अरुणमान शेरचनले संचालक समिति सदस्य पदबाट राजिनामा दिएकोमा सोही संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी श्रेष्ठलाई संचालक पदमा चयन गरेको हो ।











