शेयरबजारमा झिनो अंकको सुधार, ९ उपसूचकमा छायो हरियाली
११ बैशाख २०८०, सोमबार १५:१४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से सूचक २.२७ अंकले बढेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज शेयरबजारमा जम्मा ७५ करोड १३ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता शेयर किनबेच हुँदा ७५ करोडमाथिको कारोबार भएको हो । नेप्सेमा रहेका १३ उपसूचमध्ये बैकिङ्ग उपसूचक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।
सर्वाधिक होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड उपसूचकको १.१९ प्रतिशतले बढेको छ ।












