सिटि होटलको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए १० कित्ता शेयर ?

काठमाडौं । सिटि होटल लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो ।
होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २०७९ चैत २१ गतेदेखि २०८० बैशाख ५ गतेसम्म निष्काशन गरेको थियो ।
सो शेयरमा १९ हजार ७४८ आवेदनबाट कुल ५ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये १९ हजार ७३९ आवेदन स्वीकृत भएको छ भने ९ आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये १६ हजार ७४० आवेदकले १० कित्ताका दरले होटलको शेयर प्राप्त गरेका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २०७९ चैत २१ गतेदेखि २०८० बैशाख ५ गतेसम्म निष्काशन गरेको थियो ।












