सर्पोट लघुवित्तको मुनाफा ६३ लाख रुपैयाँ, इपिएस कति ?

१२ बैशाख २०८०, मंगलवार १०:१६

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६३ लाख भन्दा बढी मुनाफा कमाएको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८८ प्रतिशत कम हो गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी १२.८० प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८१ प्रतिशत र सञ्चालन मुनाफा ६५.७० प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको यता प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ३६ पैसा घटेर ८ रुपैयाँ ८६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०४.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ ।

चैत मसान्तसम्म संस्थाको चुक्तापुँजी ११ प्रतिशतले बढेर ९ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ११.४४ प्रतिशतले घटेर कोषमा ३ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म संस्थाले १ अर्ब ३९ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन र २८ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै संस्थाको खराब कर्जा ३.२५ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*