ग्लोबल आइएमई बैंकले आफ्ना खातावालाहरुको लागि निकाल्यो यस्तो सूचना

१२ बैशाख २०८०, मंगलवार १०:४८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना खातावालाहरुलाई एउटा सूचना प्रकाशित गरेको छ ।

प्रकाशित सूचनामा बैंकले स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट।क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरुलाई जेठ १५ भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड तथा खाता बन्द गर्न अनुरोध गरेको छ।

सो समयपश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७९ को इ.प्रां निर्देशन नं. २१।०७९, बुँदा नं. ४४ बमोजिम बैंक तथा वित्तीइ संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाइने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाई व्यवस्था बमोजिम बैंकले यस्तो खालको सूचना निकालेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*