नेपाल रिपब्लिक मिडियालाई साढे ४३ लाख कित्ता आइपीओ जारी गर्न बोर्डको अनुमति

१२ बैशाख २०८०, मंगलवार ११:२५

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएको छ । सेबोनले उक्त कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*