आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१२ बैशाख २०८०, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा दोहोरो अंकको सुधार देखिएपनि कारोबार रकम भने आज माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा जम्मा ८८ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ४ हजार रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, कालिञ्चोक दर्शनको ३ करोड एक लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६९ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*