लक्ष्मी लघुवित्तका सिइओ प्रकाश राज शर्माको कार्यकाल सकिदै, सुन्दर प्रसाद श्रेष्ठ सिइओ बन्ने
१२ बैशाख २०८०, मंगलवार २२:०९

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश राज शर्माको कार्यकाल यहि वैशाख १७ गतेदेखि समाप्त हुँदैछ । शर्माको ४ वर्षे कार्यकाल सकिने भएको हो ।
शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका छन । साथै उनको कार्यकाल सकिने भएसङगै संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) सुन्दर प्रसाद श्रेष्ठ सिइओ बन्ने भएका छन् । कम्पनीको आज बसेको बैठकले श्रेष्ठलाई लक्ष्मी लघुवित्तको सिइओ बनाउने निर्णय गरेको छ ।
श्रेष्ठका अनुसार संचालक समितिको बैठकमा उनले सिइओ पदको पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् । उनको कार्यकाल यहि वैशाख १८ गतेदेखि सुरु हुनेछ ।











