निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण
१३ बैशाख २०८०, बुधबार १३:२०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु बीमा दाबी वापतको रकम र छात्रवृत्ति रकम प्रदान गरेको छ । लघुवित्तको फत्तेपुर बाँके शाखा कार्यालयले बीमा बापतको रकम र छात्रवृत्ति प्रदान गरेको हो ।
संस्थाले जोरैया म.स.कि सदस्य स्वर्गीय बिसना रानाको श्रीमान प्रेम बहादुर रानालाई मृत्यु बीमा बापतको २ लाख ४८ हजार ३० रुपैयाँ हस्तान्तरण गरेको हो । साथै गैरवित्तीय सेवा अन्तर्गत बैजापुर निवासी सर्वोत्कृष्ट अंक प्राप्त गरी माध्यमिक शिक्षा परिक्षा उत्तीर्ण छात्रा मेनका कुमारी खनाललाई स्व.डा.हरिदेव पन्त स्मृति छात्रवृत्रि प्रदान गरेको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लबराज खरेलले उक्त बीमा वापतको रकम हस्तान्तरण गरेका हुन् ।











