यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
१३ बैशाख २०८०, बुधबार १५:०२

काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज शेयरबजारमा जम्मा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटलको ३ करोड ९० लाख, एभरेष्ट बैंकको ३ करोड १७ लाख, हिमालयन डिष्टिलरीको २ करोड ६० लाख र नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













