नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

१३ बैशाख २०८०, बुधबार १७:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्याेदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

लघुवित्तले १५ प्रतिशत बोनस शेयर वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य ६९३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१५ प्रतिशत बोनस शेयरका आधारमा नेप्सेले संस्थाको शेयरमूल्य ६०२ रुपैयाँ ६१ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि संस्थाको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*