मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक, स्पेश भएको ठाँउमा लचिलो नीति लिने संकेत
१३ बैशाख २०८०, बुधबार १८:५२

काठमाडौं। राष्ट्र बैंकले बैशाख अन्तिम सातासम्ममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ।बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले बैशाख अन्तिमसम्ममा समिक्षा गर्ने जनाएको हो। उनले कार्यक्रममा सुझाव लिन काम भईरहेको र सुझावलाई मैद्रिक नितिमा समावेश गर्ने समेत जानकारी गराए ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा उनले केही लचिलो नीति लिने संकेत गरेका छन्। स्पेश भएको ठाँउमा राष्ट्र बैंकले लचिलो नीति लिने संकेत उनले गरेका छन्।
हामीले बैंकरसँग सुझाव मागिसकेका छौ। उनीहरुले पाँच बुँदे सुझाव पेश गरिसकेका छन्। बाँकिको सुझाव समेत लिने काम भईरहेको छ, उनले भने ।











