कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता शेयरमा भोलिदेखि आवेदन दिन पाउने, प्रति कित्ता कति ?
१४ बैशाख २०८०, बिहीबार १०:१५

काठमाडौं । कुमारी बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर शुक्रबार (वैशाख १५ गते) देखि लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी शेयरको आवेदन जेठ ३ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।












