मेन्छियाम हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

१४ बैशाख २०८०, बिहीबार १०:५४

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल ९५ हजार ४ सय ११ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

आइपीअ‍ो पाउने भाग्यमानी शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ २९ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

नेप्सेले जुन सुकै कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको ३ गुणासम्म मूल्य तोक्ने गर्दछ । यसर्थ मेन्छियाम हाइड्रोपावरको आव २०७७।७८ को वास्तविक प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ४५ पैसा रहेकोमा उक्त ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*