नेप्सेमा नेपाल पुनर्बीमासहित थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१४ बैशाख २०८०, बिहीबार ११:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल पु्नर्बीमा कम्पनीको ५ प्रतिशत दरका कुल ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत दरका कुल ३ लाख ९४ हजार ३९२ कित्ता, डिप्रोक्स लघुवित्तको १० प्रतिशत दरका कुल १३ लाख ८७ हजार ४८९ कित्ता र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत दरका कुल ४१ लाख ७० हजार ५४७ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*