एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब सीधै आइएमई पेमा लोड गर्न मिल्ने

१४ बैशाख २०८०, बिहीबार १६:२१

काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सीधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौताअनुरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सीधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने भएका हुन् ।

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ यो सुविधा सुचारु गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*