एनएमबि लघुवित्त र नेशनल लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१५ बैशाख २०८०, शुक्रबार ०८:२३

काठमाडौं ।एनएमबि लघुवित्त र नेशनल लघुवित्तको बार्षिक साधारणसभा आज हुँदैछ ।एनएमबि लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन हुनेछ । यसैगरी, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा छ । साधारण सभा सिटी स्क्वायर प्रा।लि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि चैत १७ गतेदेखि बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

त्यस्तै, नेशनल माइक्रोफाइनान्को बार्षिक साधारण सभा आज बस्दैछ । नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्न लागेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*