सूर्योदय वोमी लघुवित्तले सात संस्थापक शेयरधनीको शेयर बेच्दै

१५ बैशाख २०८०, शुक्रबार १०:०८

्काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

बैंकका संस्थापक शेयरधनी अर्जुन कुमार पोखरेलले ८० हजार कित्ता, दोल राज सापकोटाले १२ हजार २९५ कित्ता, डेलनाथ पौडेलले ७५ सय कित्ता, धर्म प्रसाद पौडेलले २ हजार कित्ता, सुमित्रा कुमारी लुंगेलीले ७५ सय कित्ता, चुडामणि वाग्लेले ४ हजार कित्ता र फणिन्द्र राज शर्माले ७ हजार कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४ इमाडोल, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नागपोखरी, नक्साल काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*