कुमारी बैंकको पौने २५ लाख कित्ता शेयर बिक्रीमा
१५ बैशाख २०८०, शुक्रबार १०:२४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी बिमला देवी अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकले संस्थापक शेयरधनी बिमला देवी अग्रवालको नाममा रहेको २४ लाख ८५ हजार ३३५ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल काठमाडौंमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।












