नयाँ सारथी लघुवित्तको संस्थापक समूहतर्फको २२ हजार कित्ता शेयर बिक्रीमा

१५ बैशाख २०८०, शुक्रबार १०:३४

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तका संस्थापक शेयरधनी पूर्ण बहादुर खत्री र रेशम राज विष्टले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले संस्थापक शेयरधनी पूर्ण बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता शेयर र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*