आँखुखोला जलविद्युत कम्पनीले १ः२ अनुपातमा हकप्रद जारी गर्ने

१७ बैशाख २०८०, आईतवार १०:२०

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापु्ँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले कम्पनी समक्ष गणेश हिमाल हाइड्रोपावर प्रा.लि.ले आफुले प्रबर्द्धन गर्न लागेको २० प्रतिशत मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नको लागि उक्त कम्पनी समक्ष प्रस्ताव पेश भई सो आयोजनाको विस्तृत परियोजना विवरण माथि अध्ययन गर्दा उक्त आयोजना लगानी गर्न र प्रतिफलको हिसाबले उपयुक्त देखिएकाले उक्त आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्ने गरी हाल यस कम्पनीको चुक्तापुँजी ८० करोड बराबरको १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि निवेदन पेश गर्ने निर्णय गरेको हो ।

साथै उक्त हकप्रद शेयरबाट प्राप्त रकम एक अर्ब ६० करोड मध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावरले प्रबर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीको रुपमा लगानी गर्ने तथा बाँकी रकम यस कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*