९ शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै नबिल बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं । नबिल बैंक लिमिटेडले ९ वटा शाखा कार्यालय संचालनका लागि घर बहालमा खोजेको छ । बैंकले काठमाडौं जिल्लाका ९ वटा स्थानमा शाखा कार्यालय संचालनको लागि घर भाडामा आवश्यक रहेको बताएको हो ।
बैंकले सो शाखाहरु संचालनका लागि भुई तल्ला वा पहिलो तल्लाको १००० देखि १५०० वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक रहेको जनाएको छ । बैंकले बुढानिलकण्ठ महानगरपालिकामा दुईवटा, काठमाडौंमा चारवटा र ललितपुरमा तीनवटा स्थानमा घर बहालमा लिने भएको हो ।
बैंकले उक्त घर लिनका लागि केही शर्तहरु राखेको छ । प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाइको मोटर बाटो हुनुपर्ने, प्रस्तावित भवन सडक विस्तार योजनामा नपरेको हुनुपर्ने, भूकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिने, भुई तल्लामा एटीएम तथा जेनेरेटर राख्नको लागि स्थान उपलब्ध गराउनुपर्ने यावतको शर्तहरु राखेको छ ।
इच्छुक घरधनीहरुले वैशाख २४ गतेभित्र बैंकको प्रशासन विभाग, दरबारमार्ग काठमाडौं)मा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।












