आत्मनिर्भर लघुवित्तको नाफा घट्यो, यस्तो छ वित्तिय अवस्था

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संस्थाको खुद नाफा डेढ करोड रुपैयाँ बढीले घटेको छ ।
समिक्षा अवधिसम्ममा कम्पनीले ४ करोड ४६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिको तुलनामा २७.६३ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ६ करोड १६ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि ४३.०८ प्रतिशतले घटेर ५ करोड ५१ लाख ७४ हजार रुपैयाँ कायम भएको छ । गत आवको समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमशः ११ करोड १३ लाख रुपैयाँ र ९ करोड ६९ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषको आकार भने २१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ४.४० प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको समिक्षा अवधिमा भने बढेर ७.७१ प्रतिशत पुगेको छ ।











