हिमालयन उर्जा विकास कम्पनीले डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ९ गते थापागाउँ स्थित अर्पण ब्याक्वेटमा बस्नेगरी सभा डाकेको हो ।
कम्पनीको साधारणसभामा हकप्रद निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीलेलाभांश प्रस्ताव गरेको छैन ।
सो सभामा सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागी सर्वसाधारण तर्फको सञ्चालक पदमा नियुक्त गरिएकोले सोको अनुमोदन गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै सभामा कम्पनीको अधिकृत पुँजी र जारी पुँजी बृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने, कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने प्रस्ताव पेश गरिनेछ ।
त्यस्तै, सभामार्फत आ.व. २०७८।०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्नेछ ।
यसका अलावा सभामा आ.व. २०७९÷०८० को लेखा परिक्षण गर्नको लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने सभाले एजेण्डा रहेको छ ।












