एनएमबि बैंकका दुई शाखा कार्यालय स्थानान्तरण
१७ बैशाख २०८०, आईतवार ११:०७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आज (बैशाख १७) गतेदेखि कारोबार संचालनमा आउने गरी शाखा स्थानान्तरण गरेको हो ।
बैंकको भलवारी शाखा स्थानान्तरण भई रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ७ र बेशीसहर शाखा लम्जुङ जिल्लाको बेशीसहर नगरपालिका ८ मा स्थानान्तरण भएको छ ।












