नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र संशोधन (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी एकीकृत परिपत्र–२०७९ संशोधन गरेको छ ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरु, विकास बैंकहरु तथा अन्य निकायहरुलाई जारी गरेको एकीकृत परिपत्र संशोधन गरेको हो ।
संशोधित परिपत्रअनुसार अब इजाजतपत्र प्राप्त निकायहरुले विदेशी विनिमय प्रति व्यक्ति बढीमा मासिक अमेरिकी डलर ६ हजारका दरले वार्षिक अमेरिकी डलर ७२ हजारसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेकोमा उक्त व्यवस्था हटाइएको छ ।
साथै संशोधित व्यवस्थामा नेपालका वायुसेवा प्रदायक कम्पनीहरुमा कार्यरत विदेशी नागरिकको श्रम स्वीकृति र सम्झौताको अवधि वहाल रहेको अवस्थामा रोजगारदातासँग गरेको करारमा उल्लेखित पारिश्रमिकमा प्रचलित कानुनबमोजिम कर कट्टी पश्चात हुन आउने रकमको बढीमा ७० प्रतिशतसम्मको रकम भुक्तानीको लागि कागजातको आधारमा पारिश्रमिक कर तिरेको प्रमाण लिई परिवत्र्य विदेशी मुद्रामा सम्बन्धीत मुलुकमा पठाउन सकिने व्यवस्था रहेको छ ।
FXMD-Circular-19_2079-80











