यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१७ बैशाख २०८०, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा गिरावट आएसँगै आज जम्मा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख, तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख, नबिल बैंकको ३ करोड २३ लाख र ओरियन्टल होटलको २ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*