शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य, हाइड्रोपावर इन्डेक्स सर्वाधिक खस्कियो
१७ बैशाख २०८०, आईतवार १५:११

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ ।
पछिल्लो समय शेयरबजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयरबजार झनै प्रभावित बन्न पुगेको देखिएको छ ।
आज नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ३ हजार ४४६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक हाइड्रोपावर उपसूचक १.८७ प्रतिशतले घटेको छ । त्यस्तै, ब्यापार उपसूचक १.६८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक १.३९ प्रतिशतले खस्किएको छ ।












