आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१७ बैशाख २०८०, आईतवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।११ को अंकले घटेर १८७० को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार दोहोरो अंकले घटेसँगै धेरै कम्पनीहरुको शेयर मूृल्य घटेको छ । आज एनआइबिएल ग्रोथ फण्ड, अप्पर सोलु हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।












