नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
१७ बैशाख २०८०, आईतवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल ६ लाख १७ हजार ७६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।












