दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा

१८ बैशाख २०८०, सोमबार १०:३२

काठमाडौं । दुई कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । एनआइसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।

एनआइसी एशिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १४.७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधि रहेको बैंक खातामा जम्मा गरिदिएको हो । त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत फागुन ३ गते सम्पन्न २६औ वार्षिक साधारण सभाबाट पारित भएको ८.४२ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*