निफ्राको संचालकमा रत्नराज्य बज्राचार्य नियुक्त

१९ बैशाख २०८०, मंगलवार १०:११

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालक समितिमा रत्नराज्य बज्राचार्य नियुक्त भएका छन् ।

बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको संस्थापक समूह तर्फको संचालक पदमा बैंकका संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट बज्राचार्यलाई सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।

साथै बैंकका संचालक समिति सदस्य सुमन पोखरेलले आफ्नो व्यक्तिगत कार्य व्यस्तताको कारणले संचालको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै संचालक पदबाट दिएको राजिनामा वैशाख १८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*