राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेद्वारा शेयर कारोबार रोक्का

१९ बैशाख २०८०, मंगलवार १२:४५

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार भने रोक्का गरिदिएको छ । लघुवित्तले लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएकोले नेप्सेले धितोपत्र विनियमावली बमोजिम संस्थाको शेयर कारोबार रोक्का गरिदिएको हो ।

साथै के कति कारणले यस्तो हुन पुगेको हो ३ दिनभित्र स्पष्टिकरण बुझाउन गर्न नेप्सेले संस्थालाई अुनरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*