नयाँ स्टक लाइसेन्स प्रक्रिया खारेज गर्न माग गर्दैै उत्रिए नेप्सेका कर्मचारी

२० बैशाख २०८०, बुधबार १४:४८

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाएको विरुद्धमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स दिने प्रक्रिया अघि बढाएसँगै नेप्सेका कर्मचारीहरु यसको विरोधमा उत्रिएका हुन् ।

प्रमुख तीन माग राख्दै कर्मचारी संघले कार्यालय हातामै तीनवटा ब्यानर झुन्ड्याएका छन् । विरोधको सङ्केत स्वरूप कालो ब्यानरमा उनीहरूले आफ्ना माग अघि सारेका छन् । कार्यालय गेट अगाडि झुन्ड्याइको ब्यानरमा “बि.सं २०८० साल भित्रै नेप्सेको पुनः संरचना गर” भन्ने माग राखिएको छ। त्यसैगरि दोस्रो ब्यानरमा “नेप्सेको आइपिओ तुरुन्त जारी गर“ भन्ने लखिएको छ भने तेश्रोमा ”नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन: नेप्सेको पुनः संरचनाबाटै कर्पोरेटाइजेसन र मोडनाइजेसन गर” भनिएको छ ।

नेप्सेका कर्मचारीहरुले तत्कालै नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेको भन्दै कालो ब्यानर झुण्डाई विरोध गरेका हुन् । साथै कर्मचारीहरुका अनुसार हाललाई कालो ब्यानर झुण्ड्याएर विरोध गरेको र बोर्डले आफुहरुको माग सम्बोधन नगरी लाइसेन्स प्रक्रिया अघि बढाएमा खरो रुपमा विरोधमा उत्रिने उनीहरुले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*