यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२० बैशाख २०८०, बुधबार १५:०३

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ३ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख, कुमारी बैंकको १ करोड ६४ लाख र नबिल बैंकको १ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*