सानिमा क्यापिटलले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२१ बैशाख २०८०, बिहीबार १०:१३

काठमाडौं । सानिमा क्यापिटलले विभिन्न ४ पदहरुमा कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङमा जुनिएर अफिसर र एसिस्टेन्ट अफिसर पदमा रोजगारको अवसर खुलाएको छ । यसका साथै क्यापिटलले मर्चेन्ट बैंकिङमा जुनिएर एसिस्टेन्ट र ट्रनी एसिस्टेन्ट पदहरुमा कर्मचारी माग गरेको छ ।

क्यापिजटलका अनुसार अनुभवी, दक्षताप्राप्त र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ । सो पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नात्तक तह उत्तिर्ण गरेको हुुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले क्यापिटलको वेवसाइट https://www.sanima.capital/  मार्फत आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*