धौलागिरी लघुवित्त घाटामा, अन्य वित्तिय सूचक कस्तो ?

२१ बैशाख २०८०, बिहीबार ११:४१

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिकको तेस्रो त्रैमासमा ऋणात्मक हुन पुगेको छ। लघुवित्तले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनी ऋणात्मक देखिएको तथ्यांकले देखाएको छ।

समीक्षा अवधिमा संस्थाले ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।समीक्षा अवधिमा संस्थाले ४ करोड ५ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

संस्थाले ६ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ६९ लाख रुपैयाँ रहेको थियो।

संस्थाले ५१ करोड ६२ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६१ करोड १३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार ५३।१२ प्रतिशतले घटेर ५ करोड १ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १० करोड ६८ लाख रुपैयाँ रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*