मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

२१ बैशाख २०८०, बिहीबार १३:२९

काठमाडौं । नेप्से मा मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ७६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुलाई निष्खकाशन गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी काषे र कर्मचारीहरु सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २० हजार कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज तोकिदिएको छ । त्यस अनुसार आइतबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*