नेप्से १२ अंकले बढ्यो, सबै उपसूचक हरीयाली

काठमाडौं । शेयर बजारमा अन्तिम कारोबारको दिन आज नेप्सेमा १२।७३ अंकको सुधार आएको छ। आज २७६ सूचीकृत शेयरको २५ लाख ५३ हजार ३७ लाख १४ सय कित्ता बराबरको शेयर कारोबार हुँदा ७३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्सेमा हरीयाली छाँउदा आज नबिल बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ ।बैंकको प्रमोटर शेयर आज ५ करोड लाख रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ ।
त्यस्तै, शिव्म सिमेन्ट्स, हिमाल दोलखा, एभरेष्ट बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया, एनटीसी, नेपाल पुनर्बीमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वाधिक कारोबार भएको छ।
आज एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्य सर्वाधिक बढेको छ ।
यसका साथै, लक्ष्मी लघुवित्त, सयपत्री हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
त्यस्तै, म्युचुअल फण्डहरुको इकाई आज सर्वाधिक घटेको छ।












