शेयर बजार बढेतापनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२१ बैशाख २०८०, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन घटेको शेयर बजार आज १२.७३ अंकले बढेर १८६९ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज एनएमबि डिभेन्चर, नेपाल एसबिआई डिभेनचर, इष्टर्न हाइड्रोपावर, बाराहि हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













