नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

२१ बैशाख २०८०, बिहीबार १९:०६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले रु.१०००/— अंकित दरका १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४०,४०,००० कित्ता बराबरको रु.४,०४,००,००,०००/— रकमको ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*