आशा लघुवित्तको खुद नाफा ७३.२४ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद नाफा ३ करोड ३० लाख ४३ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोहि अवधिमा संस्थाले खुद नाफा १२ करोड ३४ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा संस्थाको खुद नाफा ७३.२४ प्रतिशतले घटेको प्रकाशित विवरणले देखाएको छ । संस्थाको एक वर्षको अवधिमा खुद व्याज आम्दानी र संचालन मुनाफा घटेको र खराव कर्जा बढेको कारणले खुद नाफा घट्न पुुगेको हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले घटेर १८ करोड ४३ लाख २२ हजार रुपैयाँ भएको छ । गत वर्षको यहि अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २५ करोड ५८ लाख ४० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिसम्ममा संचालन मुनाफा पनि ७३ प्रतिशतले घटेर ३ करोड ३० लाख ४३ हजारमा सिमित भएको छ ।
खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३७ पैसाले घटेर ११ रुपैयाँ ५५ पैसामा आएको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा छ । खराब कर्जा २.०१ प्रतिशतले बढेर ४.९३ प्रतिशत पुगेको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न चैत २९ गते प्रारम्भिक सम्झौता गरेको छ ।











