गणपति लघुवित्तको मुनाफा घटेसँगै चार वित्तीय सूचक ऋणात्मक, प्रतिशेयर आम्दानीमा ५ प्रतिशत गिरावट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
समिक्षा अवधिसम्ममा लघुवित्तले प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा २८.१५ प्रतिशतले घटेर १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.९१ प्रतिशतले घटेर ८ करोड ६५ लाख २९ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले खुद व्याज आम्दानी वापत १० करोड ४१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यसका साथै समिक्षा अवधिसम्ममा लघुवित्तको संचालन आम्दानी १५ दशमलव ८२ प्रतिशतले घटेर ११ करोड ५७ लाख १२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिसम्ममा लघुवित्तले १३ करोड ७४ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पन घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ १३ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४० पैसा रहेको छ ।











