युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार वैशाख २६ गते, तीन कम्पनीको दुई दिन सम्पूर्ण बीमा सेवा बन्द

मर्जरपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोडमाथि
२२ बैशाख २०८०, शुक्रबार १२:२०

काठमाडौैं । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भई अर्को साता देखि एकिकृत कारोबार शुभारम्भ गर्र्दैछ।यी तीन कम्पनी मिलेर बन्न लागेको कम्पनी जीवन बीमा क्षेत्रकै बलियो कम्पनी बन्नेछ । यी तीन जीवन बीमा कमपनी वैशाख २६ गतेदेखि एकिकृत कारोबार भई एक बन्दैछ ।

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभा र गुराँसको सोहि दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ ।

एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने छन् । यी ३ कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् ।मर्जरपश्चात् कम्पनीको सिईओको जिम्मेवारी मनोजलाल कर्णले पाउनेछन् । तीन कम्पनीको मर्जर कमिटिले उनकै नेत्तृवमा कम्पनीलाई अघि बढाउने दिने भएको हो ।नयाँ बीमा कम्पनीहरुमध्ये युनियन लाइफले बीमा व्वसायको आधारमा गरेको प्रगती र उनको योग्यताको कदर गर्दै उनलाई नै चार बर्षे कार्यकाल दिन लागेको हो ।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस लाइफको २ अर्ब ८ करोड र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।मर्जरपछि यी तीन कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। प्राधिकरणले तोकेको पुँजी भन्दा बलियो पुँजी सहित कम्पनी खडा हुँदैछ ।

हाल नेपालमा सबैभन्दा धेरै चुक्ता पुँजि भएको कम्पनी नेृपाल लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीको हाल ८ अर्ब २० करोडढ रुपैयाँ चुक्ता पुँजि रहेको छ।  यी तीन कम्पनीप्को मर्जरपश्चात् हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो ठूलो चुक्ता पुँजि भएको कम्पनी बन्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*