अन्तिम दिन हरियाली छाएकाे शेयर बजारमा बाणिज्य बैंकहरूकाे अवस्था के छ ? कुनकाे बढ्याे कुनकाे घट्याे ?

२२ बैशाख २०८०, शुक्रबार २२:५४

काठमाडौं । पछिल्लो समय शेयर बजार ओरालो लागि रहेको छ । यो साता कारोबाको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको थियो । यस साता कारोबारको अन्तिम दिन बाहेकका अन्य ४ दिन ओरालो लागेको शेयर बजारमा कारोबारको अन्तिम दिन अर्थात विहिबार भने शेयर बजारमा हरियाली छाएको थियो ।

यो साता कारोबारको अन्तिममा नेप्सेमा सूचिकृत वाणिज्य बैंकहरु मध्ये १५ वटा बैंकको शेयर मूल्य बढेको छ भने बाकि ५ वटा बैंकहरुको शेयर मूल्य घटेको छ ।

यो साता कारोबारको अन्तिममा हिमालयन बैंकको शेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । कारोबारको अन्तिममा कम्पनीको शेयर मूल्य १.८२ प्रतिशतले ४ रुपैयाँ बढेर २२४ रुपैयाँमा बन्द भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको १.६३ प्रतिशतले बढेर २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसका साथै एनएमबि बैंकको १.३७ प्रतिशतले बढेर २३६ रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकको ०.६४ प्रतिशतले बढेर १७२.५ रुपैयाँ, एनआइसी एशिया बैंकको ०.६२ प्रतिशतले बढेर ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसका साथै, लक्ष्मी बैंकको ०.५५ प्रतिशतले बढेर १८४ रुपैयाँ, प्राइम कमर्सियल बैंकको ०.५१ प्रतिशतले बढेर १९६ रुपैयाँ, १९६ रुपैयाँ, माछापुच्छ«े बैंकको ०.४४ प्रतिशतले बढेर २२८ रुपैयाँ, कृषि विकास बैंकको ०.३४ प्रतिशतले बढेर २३३.९ रुपैयाँ, कुमारी बैंकको ०.३० प्रतिशतले बढेर १६६, प्रभु बैंकको ०.२४ प्रतिशतले बढेर १६६.५ रुपैयाँ, नेपाल बैंकको २५४ रुपैयाँ, नविल बैंकको ०.७ प्रतिशतले बढेर ५९८.९ रुपैयाँ र ग्लोबल आइएमई बैंकको ०.७ प्रतिशतले बढेर १८६.३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यो साता कारोबारको अन्तिम दिन नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ०.१६ प्रतिशतले घटेर १८१.६ रुपैयाँ, नेपाल एसबिआई बैंकको ०.३ प्रतिशतले घटेर ३३२ रुपैयाँ, स्टान्डर्ड चार्टड बैंकको ०.३९ प्रतिशतले घटेर ५३० रुपैयाँ, सानिमा बैंकको ०.५४ प्रतिशतले घटेर २४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यो साताको अन्तिम कारोबारमा सबैभन्दा बढी सनराइज बैंकको शेयर मूल्य घटेको छ । साताको अन्तिम कारोबारमा बैंकको शेयर मूल्य ०.९९ प्रतिशतले घटेर १७९.२ रुपैयाँमा कारोबार भएको छ ।

शेयर मूल्यका आधारमा

यो साता नेप्से सूचिकृत वाणिज्य बैंकहरु मध्य एनआइसी एशिया बैंकको शेयर मूल्य सबैभन्दा बढीमा खरिद बिक्री भई बन्द भएको छ । यो साता कारोबारको अन्तिममा बैंकको शेयर मूल्य ७१७ रुपैयाँमा बन्द भएको छ । कम्पनीको शेयर मूल्य अन्तिम कारोबारमा ४.४० रुपैयाँले बढेको छ । त्यस्तै, यो साता कारोबारको अन्तिममा नविल बैंकको शेयर मूल्य ५९८.९ रुपैयाँ र एभरेष्ट बैंकको ५३५.८ रुपैयाँमा खरिद बिक्री भई कारोबार बन्द भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*