तीन कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त

२४ बैशाख २०८०, आईतवार १०:०२

काठमाण्डौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले तीन कम्पनीसँग शेयर रजिस्ट्रार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ ।

एनआईसी एशिया क्यापिटलले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, दोस्ती पावर कम्पनी र मेन्छयाम हाइड्रोपावरबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता भएको हो ।

सेयर रजिष्ट्रार सेवाअन्तर्गत ती कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, सेयर नामसारी, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका कार्यहरु एनआईसी एशिया क्यापिटलले गर्नेछ ।

यसका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवा एनआईसी एशिया क्यापिटलको ‘मोबाइल एप’बाट समेत हेर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*