यी ६ लघुवित्त संस्थाको शेयरमूल्य सर्वाधिक बढ्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा कडाई गरेसँगै लगातार घट्न थालेको लघुवित्त संस्थाहरुको शेयरमूल्य आज बढ्न थालेको छ ।
यो समाचार तयार पार्दासम्म मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.२० प्रतिशतले बढेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्तको ४.०३ प्रतिशत, विन नेपाल लघुवित्तको ३.१८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको २.०३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशत र स्वरोजगार लघुवित्तको १.९६ प्रतिशतले शेयरमूल्य बढेको छ ।
केही समयदेखि यता लघुवित्त संस्थाहरुका लगानीकर्ताहरु घट्दै गइरहेको शेयरमूल्यका कारण शेयरबजारप्रति नै रुष्ट बन्दै गएका थिए । आज एकाएक लघुवित्तहरुको शेयरमूल्य बढेसँगै लगानीकर्ताहरुमा थप उत्साह थपिन पुगेको छ ।













